Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

छठको दोस्रो दिन आज खरना गरिँदै, गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २८ शनिबार | (रासस)

काठमाडौँ, २८ कात्तिक: कार्तिक शुक्ल पञ्चमीका दिनमा आज छठका व्रतालु निर्जल उपवास बसी ‘खरना’ को विधि पूरा गर्दैछन् । निर्जल उपवास बसेका व्रतालुले आज बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाना खान्छन् । 

    सोही विधिलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले बताउनुभयो । पञ्चमीका दिन आज राजधानीमा छठ मनाइने गुह्येश्वरी, गौरीघाट क्षेत्र, वाग्मती नदी किनारको थापाथली, टेकु, वंशीघाट र कमलपोखरीमा विशेष चहलपहल बढेको छ । 

    गुह्येश्वरी, गौरीघाट क्षेत्रमा आइतबार अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य चढाउन ६७५ वटा छठ घाट अर्थात् पूजा स्थल बनाइएको उहाँले जानकारी दिनुभयो । तीमध्ये ३० वटा घाट भने नि:शुल्क दिइने छ । बाँकी घाट लिन चाहनेले रु एक हजार ५०० शुल्क बुझाउनुपर्ने समितिका उपाध्यक्ष राजकुमार पोद्दारले राससलाई जानकारी दिनुभयो । 
  
    अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरेर गुह्येश्वरी, गौरीघाट क्षेत्रको वाग्मती नदी क्षेत्र सम्याउने, सरसफाइलगायत काम सकी छठको तयारी अन्तिम चरणमा पुगेको पनि उहाँले बताउनुभयो ।

    कार्तिक शुक्ल चतुर्थीदेखि विधिवत् सुरु हुने छठ पर्व सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा समापन हुन्छ । यस वर्ष कात्तिक २७ गते शुक्रबारदेखि सुरु भएको छठ पर्वको व्रत विधि कात्तिक ३० गते सोमबार सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan