जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २३ सोमबार |
काठमाडौँ, २३ कात्तिकः देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेतबाट ४१, ललितपुरबाट ११, काभ्रेपलाञ्चोकबाट ११, धनुषाबाट १८ र सर्लाहीबाट २६ जना पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरुका साथबाट करिब रु २५ लाख बरामद गरेको छ ।


