मिठाईमा लेबल विवरण स्पष्ट राख्न विभागको निर्देशन, कार्यान्वयन गर्ने ३६७ व्यवसायको सूची सार्वजनिक
काठमाडौं । मिठाई तयार गरी बिक्री वितरण गर्ने मिठाई व्यवसायीलाई खाद्य पदार्थमा लेबल विवरण स्पष्ट देखिने गरी राख्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशन दिएको छ।
विभागले २०८३ असोज ३० गते जारी गरेको सूचनाअनुसार मिठाईमा आवश्यक लेबल विवरण स्पष्ट रूपमा उल्लेख गरी उपभोक्ताले सहजै देख्न र पढ्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गरिएको हो।
विभागले उक्त सूचना कार्यान्वयन गरेका ३६७ वटा मिठाई व्यवसायको सूची सार्वजनिक गरेको छ। सार्वजनिक सूचीमार्फत लेबलसम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने व्यवसायबारे सर्वसाधारणलाई जानकारी गराइएको विभागले जनाएको छ।
खाद्य पदार्थको गुणस्तर, स्वच्छता र उपभोक्ता अधिकार सुनिश्चित गर्न लेबल विवरण स्पष्ट राख्नु आवश्यक रहेको विभागको जोड छ। मिठाई खरिद गर्दा उपभोक्ताले पनि खाद्य पदार्थमा राखिएको लेबल विवरण हेर्ने र जानकारी लिएर मात्रै खरिद गर्ने बानी विकास गर्नुपर्ने देखिन्छ।
विभागले मिठाई व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्न र उपभोक्तालाई सुरक्षित तथा गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउन आग्रह गरेको छ।
.jpg)
.jpg)
.jpg)
.jpg)


