Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको चुनौती

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार | (रासस)
newsabhiyan

काठमाडौँ, १९ कात्तिकः नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता अन्तरर्गत आज जारी पहिलो खेलमा  लुम्बिनी लायन्सले जनकपुर बोलट्सलाई जितको लागि १५० रनको चुनौती दिएको छ ।
 
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा  ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको योगफल बनाएको हो ।

लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३४ रनको योगदान दिए । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे । 

त्यस्तै निरोशन डिक्वेलाले २७, दिलीप नाथले २५, आसिफ शेखले २१ तथा रुबेन ट्रम्पलम्यानले १५ रनको योगदान दिए । 

बलिङतर्फ जनकपुरका लागि बिशाल शुस्लिङ र राहुल यादवले समान २÷२ विकेट लिए ।

त्यस्तै ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले समान १÷१ विकेट हात पारे । जनकपुर अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan