Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रगुरु योगी नरहरिनाथको नाममा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना हुने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार |

काठमाडौं, १९ कात्तिक ।  नेपाल संस्कृत विश्वविद्यालयले राष्ट्रगुरु योगी नरहरिनाथको नाममा ‘राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने भएको छ।

नेपाल संस्कृत विश्वविद्यालयका संस्थापक तथा मौलिक ज्ञानका अन्वेषक राष्ट्रगुरु योगी नरहरिनाथको योगदानको सम्मान गर्दै उहाँकै नाममा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्न लागिएको हो।

विश्वविद्यालयको सिनेट बैठकले केन्द्र स्थापनासम्बन्धी प्रस्तावलाई औपचारिक रूपमा अगाडि बढाउने निर्णय गरेको छ।

केन्द्रले नेपालको मौलिक इतिहास, संस्कृत वाङ्मय तथा दर्शनको वैज्ञानिक अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिनेछ। साथै, परम्परागत ज्ञान र अनुसन्धानलाई समयसापेक्ष तथा प्रविधिमैत्री बनाउँदै प्राज्ञिक अन्वेषणलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

यस केन्द्रको स्थापनाले मौलिक ज्ञान, संस्कृति, इतिहास र दर्शनको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउनुका साथै नेपाल संस्कृत विश्वविद्यालयलाई अनुसन्धानको विशिष्ट केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan