Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार | (रासस/सिन्ह्वा)

साना, १९ कात्तिक : यमनको दक्षिणी प्रान्त अल–धालियाको एक सैन्य प्रशिक्षण केन्द्र (शिविर) मा भएको हुथी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा १३ जना सैन्य  कर्मचारीको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएको सरकारी सैन्य अधिकारीलाई उदृत गर्दैै सिन्ह्वाले जनाएको छ ।

सैन्य अधिकारीले सुरक्षा खतराको कारण, नाम न छाप्ने सर्तमा बोल्दै, आक्रमणले उत्तरी अल–धलिया, कतबाह जिल्लाको एक सैन्य सुविधामा प्रहार गरेको उल्लेख गरेका छन् ।

अधिकारीका अनुसार आक्रमणको समयमा भर्खरै भर्ती भएका सरकारी सैनिकहरूले बिहानीको अभ्यास गरिरहेका थिए । उहाँले आक्रमणको जिम्मेवार पक्ष हुथी विद्रोहि समुह भएको उल्लेख गर्नुभएको छ । 
 
हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले दक्षिणपश्चिमी प्रान्त ताइजको हेफान जिल्लाको एक घरमा भएको साउदी हवाई आक्रमणमा तीन बालबालिका र एक महिलाको मृत्यु हुनुका साथै अन्य चार बालबालिका घाइते भएको रिपोर्ट गरेको छ ।

ताइजमा भएको अर्को आक्रमणमा, च्यानलले पश्चिमी ताइजको मकबाना जिल्लाको एउटा घरमा भएको हवाई आक्रमणमा १० जना भन्दा बढी मानिस मारिएको वा खन्य घाइते भएको बताएको छ ।

यसले आक्रमणको बारेमा तत्काल जानकारी प्रदान नगरी अल–बायदा प्रान्तको मध्य प्रान्तको धि नाइम जिल्ला र सादा प्रान्तको मारान क्षेत्रमा दूरसञ्चार सुविधाहरूमा साउदी हवाई आक्रमण गरेको पनि रिपोर्ट गरेको छ ।

सामाजिक सञ्जाल एक्समा गरिएको एक पोष्टमा हुथी सैन्य प्रवक्ता याह्या सारियाले साउदी सेनाले विगत २४ घण्टामा १०४ वटा हवाई र क्षेप्यास्त्र आक्रमण गरेको र दर्जनौँ  मानिसहरु मारिएको तथा घाइते भएको दाबी गरेका छन् जसमा जसमा अधिकांश महिला तथा बालबालिका रहेका थिए ।

हाल साउदी नेतृत्वको गठबन्धनद्वारा समर्थित हुथीहरू र सरकारी सेनाहरू बीच बढ्दो लडाइँको बीचमा यी आक्रमणहरू भएका छन् भने धेरै यमनी प्रान्तहरूमा स्थलगत लडाइँ र हवाई आक्रमणहरू बढेको छ ।

यो द्वन्द्व हाल छिमेकी  मुलुक साउदी अरबमा पनि फैलिएको छ, जहाँ हुथीहरूले विमानस्थल, सैन्य सुविधाहरू र तेल प्रशोदन केन्द्रहरुमा बारम्बार क्षेप्यास्त्र तथा ड्रोन आक्रमण जारी राखेको दाबी गरेका छन् ।

यमनमा सन् २०१४ को अन्त्य देखि द्वन्द्व जारी छ । हुथीहरूले  यमनको राजधानी साना र देशको उत्तरको अधिकाशं भाग कब्जा गरे पछि साउदी नेतृत्वको गठबन्धनलाई सन् २०१५ मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा हस्तक्षेप गर्न प्रेरित गरेको जनाइएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan