Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार |
newsabhiyan

काठमाडौँ, १७ कात्तिकः युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ ) का कन्ट्री डाइरेक्टर नुमान ओज्जानले भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा नेपालका ७५३ वटै स्थानीय तहमा रहेका सीप, रोजगार तथा उद्यमशीलता केन्द्रहरूको सुदृढीकरण, मर्यादित रोजगारी प्रबर्द्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ । 

सो क्रममा नेपालमा सञ्चालित श्रम तथा रोजगारसम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनलगायत विषयमा समेत छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan