परराष्ट्रमन्त्री खनालसँग सुडानी राजदूत एल्टोमकाे शिष्टाचार भेटवार्ता
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |
काठमाडौं, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत मोहम्मद अब्दल्ला अली एल्टोमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ।
सिहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएकाे भेटका अवसरमा मन्त्री खनाल र राजदूत एल्टोमले आपसी हित र चासोका विविध विषयमा विचार आदानप्रदान गर्नुभयो।
सो अवसरमा नेपाल र सुडानबीचको सम्बन्ध तथा पारस्परिक हितका क्षेत्रमा सहकार्यका सम्भावनाबारे समेत छलफल भएको थियो।

