Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार | (रासस)
newsabhiyan

भोजपुर, २९ असोजः भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ ।

यसअघि पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएकामा पाँच महिनापछि फेरीमा सेवा सञ्चालनमा आएको हो ।

दसैँ, तिहारमा आवागमन सहज बनाउने उद्देश्यले पाँच महिनापछि सेवा सञ्चालनमा आएको हो । 

बर्सातका कारण गत जेठदेखि बन्द रहेको सतिघाटखण्ड बुधबारदेखि फेरी सञ्चालनमा आएपछि भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई आवतजावतमा सहज भएको छ ।

दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सतिघाटमा हलुका सवारीसाधनलाई नदी वारपार गर्न मिल्ने गरी सेवा सञ्चालनमा ल्याइएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । 

अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा भोजपुर र सङ्खुवासभाका नागरिकलाई आवागमनमा समस्या हुँदै आएको थियो ।

सेवा सञ्चालनमा आएसँगै उत्तरी क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न तथा आवतजावत गर्न सहज हुने उहाँको भनाइ छ ।

आवागमन सञ्चालनमा आएपछि षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई राहत पुगेको छ ।

सतिघाटमा पक्की पुल निर्माण नहुँदा सवारीसाधन, यात्रु तथा दैनिक उपभोग्य वस्तु नदी वारपार गराउन फेरीमा निर्भर हुनुपर्ने अवस्था छ । 

विसं २०७६ देखि फेरी सञ्चालन हुँदै आएको छ । फेरी सञ्चालनले भोजपुरको उत्तरी क्षेत्रका बासिन्दालाई सङ्खुवासभासँग जोडिन तथा दैनिक उपभोग्य वस्तुको ओसारपसार गर्न सहज बनाउँदै आएको छ ।

यद्यपि, बर्सातका कारण हरेक वर्ष सेवा बन्द हुँदा स्थानीयवासीले समस्या भोग्नुपर्ने भएकाले सतिघाटमा पक्की पुल निर्माणको आवश्यकता कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan