Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार | (रासस)

हेटौँडा (मकवानपुर), २८ असोजः प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ । मृत्यु भएका, दोहोरो नाम दर्ता भएका तथा नेपाली नागरिकता परित्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको हो ।

प्रदेश निर्वाचन कार्यालय हेटौँडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार नामावलीबाट हटाइएकामध्ये सबैभन्दा बढी एक हजार ९६४ जना मृत्यु भएका व्यक्ति छन् । सम्बन्धित वडा कार्यालयबाट प्राप्त मृत्यु दर्ताको विवरणका आधारमा उनीहरूको नाम हटाइएको हो ।

त्यसैगरी, निर्वाचन आयोगको प्रणालीमार्फत विवरण परीक्षण गर्दा दोहोरो नाम दर्ता भएका एक हजार ५०२ जनाको नाम हटाइएको निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा नेपाली नागरिकता परित्याग गरेका छ जनाको नामसमेत मतदाता नामावलीबाट हटाइएको छ । कार्यालयले नाम हटाइएका व्यक्तिको विवरण सार्वजनिक गर्दै त्यसउपर कुनै दाबीविरोध भए आवश्यक प्रमाणसहित सम्पर्क गर्न सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ । मतदाता नामावलीलाई त्रुटिरहित र अद्यावधिक बनाउन विवरण परीक्षण गरी नाम हटाइएको कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले आगामी असोज ३० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुरमा तीन लाख १५ हजार ३३४ मतदाता रहेका थिए । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा १० स्थानीय तह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan