Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार |

बनेपा (काभ्रे), २८ असोज : नेपालीहरूको महान् चाड बडादसैँका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको जनाएको छ ।

जिल्ला सुरक्षा समितिको असोज २७ गते बसेको बैठकको निर्णयअनुसार असोज ३१ देखि कात्तिक ९ गतेसम्म जिल्लाभित्र टिपर सञ्चालन नगर्न÷नगराउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँले दसैँका समयमा बिपी राजमार्ग र अरनिको राजमार्गलगायत जिल्लाका प्रमुख सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तथा यात्रुवाहक सवारीसाधनको आवागमन सहज र सुरक्षित बनाउन उक्त निर्णय गरिएको बताउनुभयो ।

प्रशासनले तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न÷नगराउन सम्बन्धित सबैमा अनुरोधसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan