काठमाडौं उपत्यका प्रहरी कार्यालय र मातहतका प्रमुखबीच कार्यसम्पादन करारमा हस्ताक्षर
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र मातहतका प्रहरी कार्यालयका प्रमुखहरूबीच आर्थिक वर्ष २०८३/०८४ को कार्यसम्पादन करारमा हस्ताक्षर भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा आयोजित कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक राठौर र मातहतका प्रहरी कार्यालयका प्रमुखहरूबीच कार्यसम्पादन करारमा हस्ताक्षर गरिएको हो।
कार्यसम्पादन करारमार्फत आगामी आर्थिक वर्षमा प्रहरी कार्यालयहरूको जिम्मेवारी, कार्यलक्ष्य तथा कार्यसम्पादनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।
कार्यसम्पादन करारले प्रहरी सेवाको गुणस्तर अभिवृद्धि, जिम्मेवारीप्रतिको जवाफदेहिता तथा निर्धारित लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
