Thursday 8th of October | २०८३ असोज २२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इथियोपियामा सम्भावित लामो दूरीको आक्रमणबारे चेतावनी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २२ बिहीबार | (रासस/एएनआई)

इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने भन्दै आदिस अबाबास्थित अमेरिकी दूतावासले इथियोपियामा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । दूतावासले स्थानीय अधिकारीको निर्देशन पालना गर्न तथा सुरक्षा अवस्थाबारे विश्वसनीय सूचनामा ध्यान दिन आग्रह गरेको छ ।

    बुधबार जारी सुरक्षा सूचनामा दूतावासले अक्टोबरमा इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने रिपोर्टबारे आफू जानकार रहेको बताएको छ । यद्यपि, त्यस्तो आक्रमण भइसकेको हो वा थप आक्रमणको सम्भावना रहेको हो भन्नेबारे दूतावासले स्पष्ट पारेको छैन ।

    दूतावासले अमेरिकी नागरिकलाई अम्हारा, टिग्रे र अफार क्षेत्र तथा लालिबेला क्षेत्रमा कुनै पनि कारणले यात्रा नगर्न सुझाव दिएको छ । ती क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित भए स्थान छाड्न वा अवस्था सुधार नभएसम्म सुरक्षित स्थानमा आश्रय लिन, स्थानीय सञ्चारमाध्यमबाट पछिल्लो सूचना लिन र उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित विमान कम्पनीसँग सम्पर्कमा रहन आग्रह गरिएको छ । इन्टरनेट तथा टेलिफोन सेवा जुनसुकै बेला अवरुद्ध हुनसक्ने चेतावनी पनि दिइएको छ ।

    दूतावासले इथियोपियाको समग्र सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अमेरिकी नागरिकलाई त्यहाँको यात्राबारे पुनर्विचार गर्न आग्रह गरेको छ । आदिस अबाबाको सुरक्षा अवस्था स्थिर रहेको भए पनि उत्तरी इथियोपियाका केही क्षेत्रमा छिटपुट सशस्त्र द्वन्द्व तथा नागरिक अशान्ति रहेको र अवस्था अस्थिर रहेको दूतावासले जनाएको छ ।

    सुरक्षा अवस्थाबारे विशेषगरी सामाजिक सञ्जालमा गलत सूचना फैलिन सक्ने भन्दै दूतावासले अमेरिकी नागरिकलाई विश्वसनीय समाचार स्रोतबाट जानकारी लिन आग्रह गरेको छ । साथै, सैन्य प्रतिष्ठानबाट टाढा रहन, प्रभावित क्षेत्रमा यात्रा नगर्न र व्यक्तिगत सुरक्षा योजनाको समीक्षा गर्न सुझाव दिएको छ ।

    अम्हारा क्षेत्रमा सशस्त्र समूह र सरकारी फौजबीच हिंसा हुँदै आएको, टिग्रेमा सन् २०२२ मा शान्ति सम्झौताबाट द्वन्द्व अन्त्य भए पनि सुरक्षा तथा मानवीय चुनौती कायम रहेको जनाइएको छ । इरिट्रिया र जिबुटीसँग सीमा जोडिएको अफार क्षेत्रमा पनि क्षेत्रीय द्वन्द्व र अस्थिरतासँग सम्बन्धित सुरक्षा चिन्ता रहेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan