कोशी प्रदेशसभा बैठक बिहीबार बस्ने
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |
विराटनगर, २१ असोजः कोशी प्रदेशसभाको नवौँ अधिवेशनको ३२औँ बैठक बिहीबार दिउँसो १ः०० बजे बस्ने भएको छ ।
गत भदौ २२ गते अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बस्न लागेको कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो ।
