Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘बाहुन बाजे’ गीत विवाद : कलाकारलाई धार्मिक अभियन्ता उपाध्यायको चेतावनी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १४ बुधबार |
newsabhiyan

काठमाडौं, १४ असोज । काठमाडौं । गायक खेम सेन्चुरीको ‘बाहुन बाजे’ गीतलाई लिएर लामो समयदेखि उठ्दै आएको विवादका बीच धार्मिक अभियन्ता रामकृष्ण उपाध्यायले कलाकारहरूलाई सिर्जना गर्दा संवेदनशील विषयमा ख्याल गर्न आग्रह गरेका छन्।

उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो संघर्षपछि आफूहरूले उठाएको विषयले अब निष्कर्षतर्फ जाने संकेत गरेका छन्। उनले आगामी दिनमा कलाकारहरूले धार्मिक, सांस्कृतिक तथा सामाजिक संवेदनशीलतालाई ध्यान दिने अपेक्षा व्यक्त गरेका छन्।

उनले लेखेका छन्, ‘खेम सेन्चुरीको बाहुन बाजेको गीतको विषयमा लामै संघर्षपछि अब सायद कलाकारहरूले ख्याल पुर्याउलान् भन्ने आशा छ।’

उपाध्यायले विवादित विषयलाई सामाजिक सञ्जालमा मात्र सीमित नराखी आवश्यक परे कानुनी प्रक्रियामा जाने चेतावनीसमेत दिएका छन्।

उनले भनेका छन्, ‘यदि भएन भने साइबरमा हैन, सीधै न्यायालयमा भेट हुनेछ।’

उनको यो अभिव्यक्तिपछि गीत, अभिव्यक्ति स्वतन्त्रता र धार्मिक–सामाजिक संवेदनशीलताबारे बहस पुनः चर्किन सक्ने देखिएको छ।
  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan