Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘सारथी’ ले पायो युनिभर्सल सर्टिफिकेट, सपरिवार सँगै बसेर हेर्न मिल्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |
newsabhiyan

काठमाडौं, ८ मंसिर । सिर ११ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘सारथी’ले सेन्सर बोर्डबाट ‘युनिभर्सल’ (यू) सर्टिफिकेट प्राप्त गरेको छ ।

सोमबार सेन्सर पास भएसँगै अब यो चलचित्रलाई सबै उमेर समूहका दर्शकले परिवारसहित हलमा गएर हेर्न पाउने भएका छन् ।

२ घण्टा २२ मिनेट ३१ सेकेन्ड अवधिको चलचित्रको मुख्य आकर्षणका रुपमा दुई दशकपछि उत्तम प्रधान र निरुता सिंहको पुनरागमनलाई हेरिएको छ ।

पारिवारिक तथा सामाजिक विषयवस्तुमा बनेको ‘सारथी’लाई कुमार गजुरेलले निर्देशन गरेका हुन् भने कथा लेखन पनि गनुरेलले नै गरेका छन् ।

धीरज इन्फिनिटी फिल्म्ससँगको सहकार्यमा किम्भे प्रोडक्सनको प्रस्तुती रहेको चलचित्रमा उत्तम र निरुतासँगै मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई र आशा विश्वकर्माको अभिनय रहेको छ । चलचित्रबाट गिरी विश्वकर्मा र गायत्री जोशीले नायक नायिकाका रूपमा डेब्यु गरेका हुन् ।

नेपाली चलचित्र क्षेत्रका अनुभवी सम्पादक तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ताको भूमिकामा रहेको चलचित्रलाई उनी आफैंले सम्पादन गरेका छन् ।

निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी हुन् भने बेक बहादुर कुमाई र नबीन श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रका सह निर्माताहरुमा अविनाश राइ, द्वारिका श्रेष्ठ र ओमिशान थापा छन् ।

लाइन प्रोड्युसर आमिर केसी रहेको चलचित्रमा बबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको छ ।

चलचित्रमा बाबुल गिरी र प्रशान्त सिवाकोटीको संगीत, संकल भुजेलको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

आरआर फिल्म्सले वितरण गर्न लागेको चलचित्र नेपालका दुर्गम पहाड, मौलिक संस्कृति र ग्रामीण जीवनको पृष्ठभूमिमा बनेको र गहिरो सामाजिक तथा भावनात्मक कथालाई जीवन्त रुप दिएको निर्माण पक्षले जनाएको छ ।

सारथी मूलतः माया, त्याग, पहिचान, संघर्ष र मानवीय संवेदनाको कथा रहेका कारण दर्शकमाझ लोकप्रिय हुने निर्माण पक्षको अपेक्षा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan