Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बङ्गलादेशको उथलपुथलमा आइएसआइ संलग्न रहेको आरोप

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार | (रासस/एएनआई)

जेनेभा, २० असोज : बङ्गलादेशका पूर्व विदेशमन्त्री तथा अवामी लिगका संयुक्त महासचिव मोहम्मद हसन महमुदले सन् २०२४ को राजनीतिक उथलपुथलमा पाकिस्तानको गुप्तचर निकाय इन्टर सर्भिस इन्टेलिजेन्स (आइएसआई) संलग्न रहेको आरोप लगाउनुभएको छ । उहाँले त्यसयता बङ्गलादेशमा गम्भीर मानव अधिकार उल्लङ्घन भइरहेको दाबी गर्नुभयो ।

महमुदले ५ अगस्ट २०२४ का घटनापछि बनेको अन्तरिम सरकार र वर्तमान सरकार पाकिस्तानसँग घनिष्ठ सम्बन्धतर्फ अघि बढिरहेको बताउँदै राजनीतिक दिशामा ‘राष्ट्रिय पुनर्विचार’ आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले अवामी लिगमाथिको प्रतिबन्ध हटाउन र नेता, कार्यकर्ता तथा समर्थकमाथिको दमन रोक्न आग्रह गर्दै ‘राष्ट्रिय मेलमिलाप हुनुपर्छ’ भन्नुभयो ।

उहाँले धार्मिक अल्पसङ्ख्यकमाथि आक्रमण, मन्दिर तथा चर्चमा क्षति र सयौँ हिन्दू घर ध्वस्त पारिएको दाबी गर्नुभयो । साथै पाँच लाखभन्दा बढी राजनीतिक विरोधी पक्राउ परेको, एक लाख २० हजारभन्दा बढी हिरासतमा रहेको तथा दुई सयभन्दा बढी अवामी लिगका नेता–कार्यकर्ताको हिरासतमै मृत्यु भएको आरोप लगाउनुभयो ।

महमुदले हिन्दू सन्त चिन्मय कृष्ण दासलाई धार्मिक अल्पसङ्ख्यकमाथिको दमनको विरोध गरेका कारण पक्राउ गरी जमानतबिना हिरासतमा राखिएको दाबीसमेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan