राजधानी काठमाडौंमा भारी असिनासहित वर्षा
काठमाडौं । राजधानी काठमाडौंमा मंगलबार अपराह्न अचानक भारी वर्षासँगै असिना परेको छ। काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा केही समयदेखि वर्षा हुनुका साथै बाक्लो असिना परेपछि जनजीवन प्रभावित भएको छ।
असिनासहितको वर्षाले सडकमा हिँडडुल गर्ने सर्वसाधारण तथा सवारीसाधन आवागमनमा समेत केही समय असहजता सिर्जना गरेको छ। कतिपय स्थानमा सडक तथा खुला क्षेत्रमा असिना जमेको देखिएको छ।
अचानक मौसममा आएको परिवर्तनसँगै काठमाडौंको आकाशमा बाक्लो बादल लागेर केही समय अँध्यारोजस्तो भएको थियो। वर्षा र असिनाका कारण दैनिक काममा निस्किएका सर्वसाधारण प्रभावित भएका छन्।
मौसममा आएको परिवर्तनसँगै थप वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमसम्बन्धी निकायले आग्रह गरेको छ। विशेषगरी खुला स्थानमा रहेका सर्वसाधारणलाई चट्याङ तथा
हावाहुरीको जोखिमप्रति सचेत रहन सुझाव दिइएको छ।
असिनाले कृषिजन्य बाली तथा तरकारीमा समेत क्षति पुर्याउन सक्ने भएकाले किसानहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
