सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार |
चितवन, १९ असोजः कालिका नगरपालिका–५ वडा कार्यालय चोकमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।
मचौली टोलबाट लङकालाइनतर्फ गइरहेको ट्याक्टर र कामिनी घाटबाट वनकठ्ठातर्फ आइरहेको जीपएकापसमा ठोक्किँदा जीपमा सवार कालिका नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवले राससलाई जानकारी दिनुभयो । जीपमा सवार अन्य १० जनाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार जारी छ ।
