Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतमा विपक्षी नेताहरू हिरासतमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार | (रासस-एएफपी)

नयाँदिल्ली, २० असोज : भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता सूची संशोधनविरुद्ध प्रदर्शनमा उत्रिएका विपक्षी नेता राहुल गान्धीसहित केही सांसदलाई प्रहरीले मङ्गलबार केही समय हिरासतमा लिएर रिहा गरेको छ ।

विपक्षी दलहरूले संसद्बाट निर्वाचन आयोगको कार्यालयतर्फ पदयात्रा सुरु गरेपछि प्रहरीले ब्यारिकेड लगाएर रोकेको थियो । एएफपीका पत्रकारका अनुसार काङ्ग्रेस नेता गान्धी ब्यारिकेडनजिक भारतीय झण्डा फहराउँदै उभिनुभएको थियो । त्यसपछि उहाँसहित अन्य सांसदलाई प्रहरीले नियन्त्रणमा लिएर केही समयपछि रिहा गरेको थियो ।

निर्वाचन आयोगका प्रमुख कुमारको राजीनामा माग गर्दै शुक्रबारदेखि प्रदर्शन भइरहेको छ । विपक्षी नेताहरूले आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको प्रभावमा काम गरेको आरोप लगाएका छन् ।

आयोगले भने मतदाता सूचीको शुद्धता र अखण्डता सुनिश्चित गर्न संशोधन गरिएको भन्दै आरोप अस्वीकार गरेको छ । कुमारले यसबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गर्नुभएको छैन ।

विपक्षी नेताहरूले मतदाता सूची संशोधनमा थप पारदर्शिता आवश्यक रहेको बताउँदै परिवर्तनका कारण योग्य मतदाता मतदानको अधिकारबाट वञ्चित हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

‘द इन्डियन एक्सप्रेस’ को सेप्टेम्बरको एक रिपोर्टमा निर्वाचन आयोगका तीन सदस्यमध्ये दुई जनाले संशोधनसम्बन्धी प्रमुख निर्णयमा कम्तीमा १४ पटक औपचारिक आपत्ति जनाएको उल्लेख थियो । 

सन् २०२५ मा संशोधन प्रक्रिया सुरु भएयता एक करोड ३० लाख नागरिकको नाम मतदाता सूचीबाट हटाइएको समाचार रिपोर्टले दाबी गरेको छ । विपक्षी दलहरूले यही विषयलाई आधार बनाउँदै निर्वाचन प्रक्रियामा पारदर्शिता र मतदाताको अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan