Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |
newsabhiyan

काठमाडौं, २० असोज । नेपाली सेना र सञ्चार जगत् बिचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय एवम् परिष्कृत बनाउनुका साथै सञ्चारकर्मीहरूलाई समाचार सम्प्रेषणमा सहजताको लागि नेपाली सेनाको सम्बन्धमा जानकारी प्रदान गर्ने उद्देश्यले श्री मध्य पूर्वी पृतना हे.क्वा., बर्दिबासमा चार दिनसम्म सञ्चालन हुने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” को आज २० गते पृतनापति उपरथी भुवन खत्रीले शुभारम्भ गर्नु भएको छ।

विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध २१ (एक्काइस) जना सञ्चारकर्मीहरूको सहभागितामा सञ्चालन भएको उक्त अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवम् मुख्य
गतिविधिहरूको बारेमा जानकारीमूलक प्रस्तुतीकरणका साथै विपद् प्रतिकार्य एवम् समसामयिक विषयहरूमा अन्तरक्रिया समेत सञ्चालन गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan