Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

करिब २ हजार ५ सय ६६ किलो गाँजा सहित दुई जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार |
newsabhiyan

सुनसरी, १९ असोज  : इनरूवा नगरपालिका-३ सखुवागाछी चोकबाट अवैध लागूऔषध गाँजा करिब २ हजार ५ सय ६६ किलोग्राम सहित धनकुटा सहिदभूमि गाउँपालिका-२ बस्ने ३३ वर्षीय राजु राई समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट सखुवागाछी समेतबाट खटिएको प्रहरीले ना.७ ख १८२५ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको ८३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक राजु समेत २ जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan