Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ७ बुधबार | रासस

 काभ्रेपलाञ्चोक, ७ असोजः सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै सचेतना अभियान अगाडि बढाइएको छ ।

    जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटर र नेपाल प्रहरीले मङ्गलबारदेखि सम्भावित जोखिमयुक्त क्षेत्र दोलालघाट, रोशी खोला आसपास, भकुण्डेबेँसीलगायतका क्षेत्रका विद्यालय तथा सार्वजनिक स्थलमा माइकिङ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । 

    मनसुनजन्य विपद् न्यूनीकरणका लागि तयारी अवस्थामा रहन काभ्रेपलाञ्चोकस्थित जिल्ला व्यवस्थापन समितिले स्थानीय तह तथा सुरक्षा निकायलाई आग्रह गरेको छ । यसका साथै स्थानीय विपद् व्यवस्थापन समितिको अवस्थाका बारेमा जानकारी गराउन अनुरोध गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले यही असोज ८ देखि १२ गतेसम्म पानी पर्ने मौसम पूर्वानुमान सार्वजनिक भएकाले सबै स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताउनुभयो । “विपद्को जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहलाई पनि तयारी अवस्थामा रहन पत्राचार गरिएको छ”, अधिकारीले भन्नुभयो । 

    जिल्लास्थित सुरक्षा निकायले भने आफूहरूसँग भएको जनशक्ति परिचालनका लागि स्रोतसाधन उपलब्ध गराइदिन सम्बद्ध निकायका अलावा स्थानीय तहलाई अनुरोध गरेको छ । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan