Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार |
newsabhiyan

सुनसरी, ५ असोजः आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–१० संविधान चोकस्थित निर्मला स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा काम गर्ने उदयपुर चौदण्डीगढी नगरपालिका–२ घर भई हाल इटहरीमा बस्दै आएका २० वर्षीय शिवम् विकको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

बिहान मोटरको ‘स्विच अन’ गर्ने क्रममा अचानक बायाँ हातमा करेन्ट लागेपछि घाइते भएका विकलाई उपचारका लागि इटहरी सामुदायिक अस्पताल लगिएको थियो । 

त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल विराटनगर पु¥याइएकामा उपचारकै क्रममा उनको मृत्यु भएको प्रमुख हमालले बताउनुभयो । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan