Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिमाली विपद् समाधानका लागि नीतिहरूमा सुधार गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार |

काठमाडौँ ३ असोजः पूर्वप्रधानमन्त्री झलनाथ खनालले जलवायु परिवर्तन र हिमाली विपद्जस्ता सङ्कटहरू समाधानका लागि देशको आन्तरिक मोडल र नीतिहरूमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।

प्रयास मञ्च नेपालद्वारा आज यहाँ आयोजित ‘बुद्धवीर लामा विशेष साँझ’ कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले जलवायु परिवर्तन विश्वव्यापी समस्या भएकाले त्यसको समाधान खोज्न सरकारले दूरगामी दृष्टिकोण बनाएर अन्तरराष्ट्रिय तहमा कूटनीतिक प्रयास गर्नुपर्ने बताउनुभयो ।

जलवायु परिवर्तनको असर आर्थिक तथा सामाजिक क्षेत्रमा रहेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले मुलुकमा विद्यमान सबै प्रकारका सङ्कट र समस्याहरूको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकमा व्याप्त समानता, आर्थिक सङ्कट, सामाजिक रूपान्तरण, न्याय तथा सुशासन कायम गर्न समाजवादी व्यवस्था आवश्यक रहेको पूर्वप्रधानमन्त्री खनालले बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता खनालले सङ्गीत मानव सभ्यता, भावना र राष्ट्रिय पहिचानको सशक्त माध्यम भएको बताउँदै उहाँले मौलिक लोकसङ्गीतले हाम्रो संस्कृति, एकता र पुस्तान्तरणमा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले देश र जनताको हितका लागि विचार मिल्ने पार्टीहरूबीच एकताको खाँचो औँल्याउनुभयो । मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्ने, पुँजी, प्रविधि र व्यवस्थापकीय सीप भित्र्याउने तथा उद्यमशीलताको विकास गरेर मात्र समुन्नत राष्ट्र बनाउन सकिने उहाँको भनाइ थियो । 

सो अवसरमा मुलुकको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने सङ्घसंस्थाहरूको प्रतिनिधिलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan