Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माइतीघरबाट प्रदर्शनकारी हटाइए, अब आन्दोलन गर्ने ठाउँ कहाँ ?

राति बस्न रोक, दिनमा मात्रै विरोध प्रदर्शन गर्न दिने प्रहरीको भनाइ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार |
newsabhiyan

काठमाडौं, ३१ भदौ । लामो समयदेखि माइतीघर मण्डलामा टेन्ट लगाएर बस्दै आएका प्रदर्शनकारीलाई प्रहरीले आज बिहान हटाएको छ। प्रहरीले माइतीघरमा अब रातको समयमा प्रदर्शनकारीलाई बस्न नदिने तर दिनको समयमा भने विरोध प्रदर्शन गर्न दिने जनाएको छ।

टेन्टमा लामो समयसम्म बस्दा प्रदर्शनकारीको स्वास्थ्यमा समस्या देखिन थालेपछि उनीहरूलाई हटाइएको प्रहरीको भनाइ छ। प्रदर्शनकारीहरूलाई राति त्यहाँ बस्न नदिए पनि निर्धारित प्रक्रियाअनुसार दिनमा विरोध तथा प्रदर्शन गर्न रोक नलगाइएको प्रहरीले स्पष्ट पारेको छ।

तर, प्रदर्शनकारीलाई माइतीघरबाट हटाइएपछि उनीहरूले प्रश्न उठाएका छन्—आफ्ना माग राख्न सडकमा उत्रिने नागरिकले अब आन्दोलन र विरोध गर्ने कहाँ ?

माइतीघर मण्डला लामो समयदेखि विभिन्न राजनीतिक, सामाजिक तथा नागरिक अभियानका लागि विरोध प्रदर्शनको प्रमुख स्थलका रूपमा प्रयोग हुँदै आएको छ। सरकारका निर्णयविरुद्ध आवाज उठाउनेदेखि विभिन्न मागसहित धर्ना र प्रदर्शन गर्नेहरूले यही स्थानलाई रोज्दै आएका छन्।

रातभर टेन्टमा बसेर धर्ना दिने अभ्यासलाई प्रहरीले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै रोकेको छ। तर आन्दोलनकारीका लागि वैकल्पिक व्यवस्था वा राति बस्नुपर्ने प्रकृतिका निरन्तर धर्नाको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न भने कायमै छ।

विरोधको अधिकार दिनमा मात्र सीमित हुने हो कि प्रदर्शनकारीका लागि राज्यले व्यवस्थित वैकल्पिक स्थान पनि तोक्ने हो ? माइतीघरबाट प्रदर्शनकारी हटाइएपछि यो प्रश्न फेरि सार्वजनिक बहसमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan