Friday 27th of November | २०८३ मङ्सिर ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एएएई फेलो अवार्डबाट पूर्वमन्त्री परियार सम्मानित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ११ शुक्रबार |

काठमाडौँ, ११ मङ्सिरः पूर्वकृषिमन्त्री  मदनप्रसाद परियार एसियन एसोसिएसन फर एग्रिकल्चरल इन्जिनियरिङ (एएएई) फेलो अवार्डबाट सम्मानित हुनुभएको छ ।

इन्डोनेसियाको बालीमा जारी अन्तरराष्ट्रिय कृषि इन्जिनियरिङ सम्मेलनमा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो । कृषि, खाद्यान्न र जैविक प्रविधिहरूको प्रवर्द्र्धनमा गर्नुभएको योगदानको कदरस्वरुप उहाँ आज सम्मानित हुनुभएको जनाइएको छ । 

सम्मेलनमा पूर्वमन्त्री परियारले नेपालको जलवायु–अनुकूल कृषिका लागि उपयुक्त प्रविधि प्रवर्द्धनका साथै हालैको जलवायु विपत्तिबारे जानकारी गराउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan