Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गुनाले इङल्यान्डमा खेल्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |
newsabhiyan

काठमाडौं, ९ मंसिर । उमा कुङफु खेलाडी गुना गुरुङले उमा वल्र्ड ओपन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएकी छन् । इङल्यान्डको चेल्टेनह्याममा नोभेम्बर २८ र २९ तारिखमा हुने प्रतियोगितामा गुनाले २ स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।

गुनाले १६ वर्षमाथिको के– १० वेपन्स फम र के– २ चाइनिज फममा कौशल प्रदर्शन गर्ने छिन् । यसअघि गुनाले सन् २०२३ मा इङल्यान्डमै भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स खुला च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन् ।

गुना बिहीबार इङल्यान्ड प्रस्थान गर्ने छिन् । गुनालाई सफलताको शुभकामना दिदै नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष रमेश महर्जन, प्रमुख प्रशिक्षक दीपक श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan