मण्डनदेउपुरका दुई हजार ५०० बालबालिकाको मुटु परीक्षण
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार |
बनेपा (काभ्रेपलाञ्चोक), ९ मङ्सिरः मण्डनदेउपुर नगरपालिकामा सञ्चालित मुटुरोग परीक्षण शिविरमा दुई हजार ५०० बालबालिकाको मुटु परीक्षण गर्दा २५ जनामा समस्या देखिएको छ ।
नगरपालिकाको सहकार्य तथा विभिन्न स्वास्थ्य संस्थाको सहयोगमा मङ्गलबार सम्पन्न शिविरमा समस्या पहिचान भएका बालबालिकाको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क उपचार गरिन् नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले राससलाई जानकारी दिनुभयो ।
शिविर अन्नपूर्ण न्युरो अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ तथा चीनको फुवाइ–कुनमिङ कार्डियोभास्कुलर अस्पतालको सहयोगमा सञ्चालन भएको हो ।
