सवारी दुर्घटनामा एक जनाको मृत्यु
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार |
सिन्धुली, ७ मंसिर : कमलामाई नगरपालिका-२ भद्रकालीस्थित सडकमा घ्याङलेखबाट सिन्धुलीतर्फ आउँदै गरेको बा.२१ च ८३२५ नम्बरको बोलेरो गाडीबाट खसेर बोलेरोमा सवार घ्याङलेख गाउँपालिका-४ बन्दिपुर बस्ने ५८ वर्षीय मानध्वज योन्जनको सोमबार बिहान मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
