Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्रीको भारत भ्रमणमा परामर्श अभावप्रति प्रदीप पौडेलको असन्तुष्टि, राष्ट्रिय हितमा एकजुट हुन आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार |
newsabhiyan

काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणअघि राजनीतिक दल र राज्यका सम्बन्धित निकायसँग आवश्यक परामर्श नगरिएकोप्रति असन्तुष्टि जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले प्रधानमन्त्रीको कार्यशैली र विभिन्न विषयमा गम्भीर असहमति हुन सक्ने भए पनि मुलुकको राष्ट्रिय हित सबैभन्दा माथि रहने बताएका छन्।

सिङ्गो देशको प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण कूटनीतिक भ्रमणअघि राज्यका सम्बन्धित निकाय र राजनीतिक दलहरूसँग आवश्यक परामर्श नगरी अघि बढ्नु संस्थागत अभ्यास र लोकतान्त्रिक मूल्यका दृष्टिले उचित नभएको उनको भनाइ छ।

यद्यपि, आन्तरिक राजनीतिक मतभेदभन्दा राष्ट्रिय हित सर्वोपरि हुने उल्लेख गर्दै उनले परराष्ट्र नीति र अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्दा आन्तरिक विमतिलाई थाती राखेर राष्ट्रको स्वाभिमान र हितका पक्षमा उभिनु सबैको साझा दायित्व भएको बताएका छन्।

भारत भ्रमणका क्रममा नेपालको दीर्घकालीन हितलाई केन्द्रमा राखेर विगतदेखि उठ्दै आएका द्विपक्षीय विषयहरू प्रधानमन्त्रीले स्पष्ट अडान र उच्च प्राथमिकताका साथ प्रस्तुत गर्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

नेपाल र भारतबीचको ऐतिहासिक तथा जनस्तरको प्रगाढ सम्बन्धलाई सार्वभौम समानता, आपसी विश्वास र सम्मानका आधारमा थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै पौडेलले प्रधानमन्त्रीको भारत भ्रमण सफल र फलदायी होस् भन्ने शुभकामना दिएका छन्।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan