सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार |
घोराही (दाङ), ३ मङ्सिरः लमहीबाट गढवातर्फ गइरहेको मोटरसाइकल राप्ती पुलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीका अनुसार गढवा गाउँपालिका–६ रामपुरका १९ वर्षीय रोहित सुनारको मृत्यु भएको हो ।
आज बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सोही स्थानका १८ वर्षीय राहुल थापा र नवीन गुरुङ घाइते भएका छन् ।


