Monday 16th of November | २०८३ कार्तिक ३० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार | (रासस)

महेन्द्रनगर, २९ कात्तिकः कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले झै–झगडाको विषयमा वडा प्रहरी कार्यालय अगाडी दुई पक्षबिच झगडा भएपछि भीमदत्त नगरपालिका–५ का ५ जना र भीमदत्त नगरपालिका–१७ का एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
    
    प्रहरीकाअनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ वर्षीय राजेश लुहार, २२ वर्षीय रोशन लुहार, २७ वर्षीया निशा लुहार, २६ वर्षीय रोहित लुहार र भीमदत्त नगरपालिका–१७ का २५ वर्षीय विशाल कोली रहेका छन् ।

    वडा प्रहरी परिसरमै कुटाकुट भइरहेको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रेस विज्ञप्ती जारी गरी उक्त विवादमा संलग्न ६ जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan