Monday 16th of November | २०८३ कार्तिक ३० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारले नागरिकका पक्षमा काम गरोस्ः महामन्त्री पौडेल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार | (रासस)

वालिङ (स्याङ्जा), २९ कात्तिकः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारसँग नागरिकका अपेक्षा धेरै रहेकाले जनहितलाई केन्द्रमा राखेर नागरिकका पक्षमा काम गर्न सरकारलाई सुझाव दिनुभएको छ । झण्डै दुई तिहाइको समर्थन भएको सरकारप्रति नागरिकले धेरै अपेक्षा गरेको हुँदा नागरिकका पक्षमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज वालिङमा आयोजना गरेको पदस्थापन तथा प्रशिक्षण कार्यक्रममा महामन्त्री पौडेलले सरकारले नागरिकका पक्षमा काम गर्नुपर्ने भन्दै कांग्रेसले बाहिर बसेर सकारात्मक सहयोग गर्ने उल्लेख गर्नुभयो ।

    “नागरिकसँग जोडिएका मुद्दाका विषयमा सरकारले कदम चाल्न सकोस्, हामी बाहिरै बसेर सहयोग गर्न तयार छौँ”, महामन्त्री पौडेलले भन्नुभयो, “शासन विधिको हुनुपर्छ, संविधानभन्दा माथि हामी कोही छैनौँ, त्यसको कार्यान्वयनमा जोड दिऔँ, कांग्रेस पनि यही चाहन्छ ।”

    महामन्त्री पौडेलले पार्टी सभापति गगनकुमार थापामाथि लगाइएको मिथ्या आरोपको छानबिन गर्न माग गर्नुभयो । पार्टीको जिम्मेवारी पाएका नपाएका सबैले उत्तिकै जिम्मेवारीसहित पार्टीको सङ्गठनलाई अझै मजबुत बनाउँदै अगाडि बढ्नका लागि उहाँले नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । 

    सोही अवसरमा महामन्त्री पौडेलले स्याङ्जा क्षेत्र नं २ (क) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्यहरु सरस्वती अर्याल तिवारी, कल्पना तिवारी, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेस स्याङ्जाका सभापति राजु थापालगायतले पार्टीको सङ्गठन विस्तारमा जोड दिनुभएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan