Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार |
newsabhiyan

काठमाडौँ, २९ कात्तिकः काठमाडौँ महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो (श्रव्यदृश्य) प्रतियोगिता आयोजना गरेको छ ।

महानगरले  एक सूचना जारी गरी ‘काठमाडौँ जलवायु कार्य सप्ताह–२०८३’  अन्तर्गत विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गरेको हो ।

जलवायु परिवर्तनले पारिरहेको विश्वव्यापी असर घटाउन समुदायस्तरमा गर्न सकिने प्रयासको प्रर्वद्धन तथा क्षति न्यूनीकरणका लागि व्यक्ति र समुदायको जिम्मेवारी प्रर्वद्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको महानगरले जनाएको छ ।

महानगरपालिकाले विभिन्न साझेदार संस्थाको सहकार्यमा मङ्सिर ७ गतेदेखि १३ गतेसम्म विभिन्न कार्यक्रमसहित ‘काठमाडौँ जलवायु कार्य सप्ताह’ आयोजना गर्न लागेको हो ।

उक्त प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ६ देखि १२ सम्म अध्ययनरत बालबालिकाले भाग लिन पाउने जनाइएको छ । 

प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार नगद, दोस्रो हुनेले रु ३० हजार, तेस्रो हुनेले रु २० हजार र सात जनालाई सान्त्वना पुरस्कारस्वरुप जनही १० हजार प्रदान गरिने महानगरले जनाएको छ । महानगरले उक्त प्रतियोगितामा भाग लिन सम्पूर्ण विद्यार्थीलाई आह्वान गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan