Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २८ शनिबार | (रासस)

काठमाडौँ, २७ कात्तिक : दिपावली पछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा गरिएको छ । काठमाडौँ महानगरपालिकालगायत सङ्घ संस्थाको सहकार्यमा पोखरीको किनारमा करिब ५०० वर्तालुुलाई पूजाआजा गर्न मिल्ने गरी घाटलाई व्यवस्थित गरिएको हो । पोखरीको चारैतिर पेटीमा बर्तालुलाई बस्ने, सूर्यलाई अर्घ्य दिने, पूजा सामग्रीको सुरक्षाको समेत व्यवस्था गरिएको छ । पोखरी तथा त्यस आसपास क्षेत्रका फोहर व्यवस्थापन गरी झिलीमिली बत्तीहरूको प्रबन्ध मिलाइएको छ । 

    काठमाडौँ महानगरपालिका–१ मा पर्ने उक्त पोखरीमा स्वचालित रूपमा पानीको फोहोराको व्यवस्था मिलाइएको छ । काठमाडौँ महानगरपालिका–१ को समन्वयमा गरिने पूजाआजाका कार्यक्रममा बर्तालुुलाई कुपन वितरण गरिएको छ । पोखरी तथा त्यस आसपास क्षेत्रमा भीड व्यवस्थापनका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको काठमाडौँ महानगरपालिका–१ का वडा सदस्य रोशन श्रेष्ठले जानकारी दिनुभयो । 

    उहाँले छठ पर्वको मौलिकता एवं महत्त्वलाई संरक्षण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवर्द्धन गर्न पोखरीलाई सजाइएको बताउनुभयो ।

    भजनकीर्तन तथा धार्मिक गतिविधिको प्रबन्ध गरिएको समारोहस्थलमा सामान्य दर्शन तथा घुमघामका लागि करिब एक लाख भक्तजन आउने अपेक्षा गरिएको छ ।

    पूजामा सहभागिताका लागि राष्ट्रपतिलगायत अतिविशिष्ट व्यक्ति, विभिन्न दलका नेतागण, महानगर कावा प्रमुखसहितका व्यक्तित्वलाई निमन्त्रणा गरिएको छ । यही कात्तिक २९ गते छठपर्व परेको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल षष्ठीका दिनव वर्तालुुले अस्ताउँदो सूर्यलाई अरघ्य दिने उक्त पर्वमा सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गरिन्छ । समापनपछि प्रसाद वितरणसमेत गरिने जनाइएको छ ।

    स्थानीय सङ्घ संस्थाको समन्वय तथा सहकार्यमा स्वास्थ्य परीक्षणका शिविरसमेत सञ्चालनको व्यवस्था गरिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan