Friday 13th of November | २०८३ कार्तिक २७ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रुखबाट लडेर ६० वर्षीय लिम्बुको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २७ शुक्रबार |

सङ्खुवासभा, २७ कात्तिकः सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ देउराली हुत्तिखिममा चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बु रहेका छन् । आज दिउँसो चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लड्दा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले जानकारी दिनुभयो ।

    घटनाबारे आफन्तले प्रहरीलाई खबर गरेपछि प्रहरी निरीक्षक सुन्दरकुमार यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan