Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार |

बाजुरा, २२ कात्तिकः उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरु बेँसी झर्न थालेका छन् । कात्तिक दोस्रो साताको वर्षासहित उच्च हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेसँगै भेडाबाख्राको चरन अभाव हुने भएपछि भेडीगोठलाई बेँसीतर्फ सारिएका हुन् । 

बूढीनन्दा नगरपालिका–९ का भेडापालक किसान सुमन थापाले अत्यधिक चिसो बढ्न थालेपछि आमाबुबा, श्रीमती र छोराछोरीसहित बेँसी झरेको बताउनुभयो । उहाँले साँफे—मार्तडी सडकखण्ड हुँदै २०० भेडासहित चिसो छल्न अछामको गैल जान लागेको बताउनुभयो । गाउँमा चिसोसँगै हिउँ पर्न थालेपछि भेडा चराउन समस्या हुने भएपछि चैत–वैशाख महिनासम्मका लागि बेँसी झरेको उहाँको भनाइ छ । 

हिउँदको चिसोबाट भेडाबाख्रालाई जोगाउन र चरनको सहजताका लागि किसानहरू परम्परागत मौसमी बसाइँसराइमा लागेका हुन् । उच्च लेकाली क्षेत्रमा चिसो बढ्दै जाँदा भेडालाई घाँस तथा चरनको अभाव हुने भएकाले किसानहरू भेडाको बथानसहित बेँसी झर्ने गर्छन् । यहाँ पुस्तौँदेखि चल्दै आएको यो परम्पराले यहाँको पशुपालन र ग्रामीण जीवनशैलीलाई समेत झल्काउने गरेको छ । 

जिल्लाका उच्च हिमाली क्षेत्रका भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न जिल्लाका बूढीगङ्गा, खप्तड छेडेदहलगायत छिमेकी जिल्ला डोटी र अछामका विभिन्न स्थानमा गएर बस्ने गर्दछन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan