Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संसद् बैठक बोलाउन सभामुख समक्ष कांग्रेसको आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार |

काठमाडौँ, १७ कात्तिक : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्को बैठक तत्काल बोलाउन आग्रह गर्नुभएको छ ।

    सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग आज भेटी उहाँले समसामयिक राजनीतिक विषयमा छलफल गर्नुपर्ने भन्दै बैठक बोलाउन गर्न आग्रह गर्नुभएको हो । 

    अध्यादेशमार्फत विषयहरू अघि बढाउनु लोकतन्त्रको मर्मअनुकूल नहुने उल्लेख गर्दै नेता आङ्देम्बेले भोटेकोशी बाढी प्रभावितका विषयमा पनि सभामा छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    आजै  सभामुख अर्यालसँग नेकपा (एमाले) संसदीय दलका उपनेता पद्मा अर्याल र गुरु बरालले भेट गर्नुभएको छ । सभामुखको कार्यकक्षमा भएको भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan