Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, प्राकृतिक फूलका लागि २६ स्थान तोकिए

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, १७ कात्तिकः काठमाडौँ महानगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्रीवितरणमा रोक लगाएको छ ।

महानगरपालिकाले आज सूचना जारी गरी प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्रीवितरण नगर्न व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्ता सामग्री बिक्री गरेको पाइएमा जफत गरिने चेतावनी पनि महानगरले दिएको छ ।

नेपाली किसानले उत्पादन गरेका प्राकृतिक फूल तथा मालाको बिक्रीवितरणका लागि महानगरपालिकाले २६ स्थान तोकेको छ ।

ती स्थानमा बानेश्वर, शङ्खमूल, चाबहिल, तीनकुने, सिफल, बत्तीसपुतली, स्वयम्भू, कालीमाटी, कललङ्की, नयाँ बजार, माछापोखरी, हाँडीगाउँ, सामाखुसी, महाराजगञ्ज, गोँगबु, चप्पल कारखाना, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, टेवहाल, सुन्धारा, न्यूरोड, लगन, जैसीदेवल र भृकुटीमण्डप रहेका छन् ।

महानगरपालिकाले तोकिएका स्थानमा नेपाली किसानले उत्पादन गरेका फूलमाला बिक्री गर्न व्यवसायीलाई आग्रह गरेको छ । बिक्री व्यवस्थापन तथा सहजीकरणका लागि महानगर प्रहरी बल परिचालन गरिने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan