Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धनगढी उपमहानगरले १६३ ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शनका लागि पठायो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार | (रासस)

सुदूरपश्चिम, १६ कात्तिकः कैलालीको धनगढी उपमहानगरपालिकाले ‘मुक्तिनाथ दर्शन’ कार्यक्रमअन्तर्गत १६३ ज्येष्ठ नागरिकलाई दर्शनका लागि त्यसतर्फ पठाएको छ । धार्मिक पर्यटन प्रवर्द्धनसँगै ज्येष्ठ नागरिकलाई तीर्थयात्राको अवसर प्रदान गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रमको निरन्तरता दिई आज ज्येष्ठ नागरिकलाई त्यसतर्फ पठाइएको नगरपालिकाले जनाएको छ । 

    उपमहानगर प्रमुख गोपाल हमालले आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको कार्यक्रमअन्तगर्त आज तीर्थयात्रीको टोलीलाई बिदाइ गरिएको बताउनुभयो । उहाँले उमेर र अन्य कारणले बाहिर जान नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको भन्दै यसले धार्मिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    “घर, परिवार र समाजका लागि महत्त्वपूर्ण योगदान गरेका नागरिकले जीवनको उत्तरार्धमा कमजोर आर्थिक अवस्थाका कारण टाढा जान पाइरहेका हुँदैनन् । तिनै नागरिकलाई लक्षित गरी सम्मानका लागि पनि यो कार्यक्रम गरिरहेका छौँ”, प्रमुख हमालले भन्नुभयो ।  

    उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को कात्तिक ३ गतेदेखि यो कार्यक्रम सुरु गरेको थियो । त्यसयता ज्येष्ठ नागरिकलाई हरेक वर्ष मुक्तिनाथ दर्शनका लागि पठाउँदै आएको छ । हालसम्म ७१५ जना ज्येष्ठ नगरवासीले यो अवसर पाएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan