Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको भेटवार्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार |

काठमाडौँ, १६ कात्तिकः परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल-बेलायत द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

    भेटका अवसरमा दुवै पक्षबीच जलवायु परिवर्तन, जलवायु वित्त, उत्थानशील आर्थिक विकास तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) लगायत विषयमा सहयोग र सहकार्यबारे छलफल भएको थियो । यसैगरी, दुई देशबीच आपसी हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने तथा गोर्खा सैनिकको पेन्सनसम्बन्धी विषयलगायत विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan