Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जर्मनीमा ७० भन्दा बढी बालबालिकाको यौन दुर्व्यवहारको आरोपमा चिकित्सकविरूद्ध मुद्दा दायर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार | (रासस/एएफपी)

पूर्वी जर्मनीका एक बाल रोग विशेषज्ञमाथि एक दशकभन्दा बढी समयदेखि ७० भन्दा बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोमबार मुद्दा चलाइएको जर्मनीले सोमबार जनाएको छ। 

सन् २०१३ देखि सन् २०२५ सम्म पूर्वी जर्मनीका नौएन र राथेनो शहरका क्लिनिकहरूमा काम गर्दा बालबालिकामाथि दुर्व्यवहार गरेको आरो ४६ वर्षीय उक्त चिकित्सकमाथि १३० भन्दा बढी आपराधिक मुद्दा दर्ता गरिएको छ । करिब एक वर्षअघि एक बालककी आमाले शङ्कास्पद दुर्व्यवहारको रिपोर्ट दिएपछि ती चिकित्सकलाई पक्राउ गरिएको थियो । 

अभियोजकहरूका अनुसार चिकित्सकका इलेक्ट्रोनिक उपकरणहरूको खोजी गर्दा थप अपराधका दृश्य प्रमाण भेटिएका थिए । पक्राउ भएदेखि ती चिकित्सकलाई पूर्व–परीक्षण हिरासतमा लिइएको छ । बर्लिन नजिकै पूर्वी जर्मनीको पोट्सडाम शहरमा चलाइएको यो मुद्दा डिसेम्बरसम्म चल्ने अपेक्षा गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan