Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बागलुङका किशोरीलाई एचपिभी खोपको लक्ष्य पूरा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार |

बागलुङ १६ कात्तिकः बागलुङमा चालु आर्थिक वर्षमा किशोलीलाई लगाउने एचपिभी खोपको लक्ष्य पूरा भएको छ । बागलुङका १० स्थानीय तहका दुई हजार १९६ किशोरीलाई खोप लगाउने लक्ष्य रहेकामा ९९ दशमलव ३६ प्रतिशतले खोप पाएका हुन् । 

    दुई हजार १८२ किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाएका प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई चरणमा लगाइएको खोप अभियानको लक्ष्य पूरा भएको छ । 

    विद्यालयमा कक्षा ६ मा अध्ययनरत र विद्यालयबाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई खोप लगाइएको थियो । विभिन्न कारणले विद्यालयबाहिर रहेकालाई पनि खोप लगाइएको हो । लक्षित सबै किशोरीलाई खोपको पहुँचमा ल्याउन स्वास्थ्यकर्मी विद्यालय र घरघरमा पुगेकाले सफल भइएको खत्रीले बताउनुभयो ।

    खोप अभियान सञ्चालन गर्नुअघि प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखलाई अभिमुखीकरण दिएको थियो । पालिकास्तरमा स्वास्थ्य संस्था प्रमुख र वडास्तरमा स्वास्थ्यकर्मीलाई समेत खोपसम्बन्धी जानकारी दिइएको थियो । यस वर्ष खोप अभियान सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिइएको थियो ।

    पालिकाहरूले छुट्टाछुट्टै समय तालिका बनाएर खोप अभियान सञ्चालन गरेका थिए । आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा १० देखि १४ वर्ष उमेर समूहका ११ हजार १७७ किशोरीलाई एचपिभी खोप लगाइएको थियो । गत वर्ष कक्षा ६ मा अध्ययनरत किशोरीबाहेक १० वर्ष उमेर समूहका तीन हजार ३०२ किशोरीलाई समेत खोप लगाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan