Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रम्प्ट इन्जिनियरिङ’ तालिमको आवेदन पुनः खुला

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार |

काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले ‘Mastering AI with Effective Prompt Engineering’ विषयक निःशुल्क अनलाइन तालिमका लागि आवेदन फाराम पुनः खुला गरेको छ।

प्राविधिक समस्याका कारण यसअघि आवेदन फाराममा पहुँच अवरुद्ध भएपछि सोमबार, कात्तिक १६ गतेदेखि प्रतिष्ठानको आधिकारिक वेबसाइटमार्फत पुनः आवेदन दिन सकिने व्यवस्था गरिएको हो।

इच्छुक आवेदकले कात्तिक १७ गते मंगलबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार पहिलो चरणमा सफलतापूर्वक आवेदन दिइसकेका आवेदकले पुनः आवेदन दिनुपर्ने छैन। उनीहरूको विवरण सुरक्षित रहेको जनाउँदै एक व्यक्तिले एकपटक मात्र आवेदन दिन आग्रह गरिएको छ।

कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोग र प्रम्प्ट इन्जिनियरिङसम्बन्धी सीप विकास गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त तालिम पूर्ण रूपमा निःशुल्क रहेको प्रतिष्ठानले स्पष्ट पारेको छ।

आवेदन प्रक्रियामा देखिएको प्राविधिक समस्यापछि पनि उत्साह र धैर्यताका साथ सहभागी हुन इच्छुक युवाहरूलाई प्रतिष्ठानले धन्यवाद दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan