Wednesday 28th of October | २०८३ कार्तिक १२ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका नवनियुक्त राजदूत  पुइगिन्जाको शिष्टाचार भेट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बुधबार |
newsabhiyan

काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाले  शिष्टाचार भेट गर्नुभएको छ।

परराष्ट्र मन्त्रालयमा भएकाे भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत  पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

भेटवार्ता मा नेपाल-फ्रान्सबीच आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो। सो अवसरमा हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान तथा बहुपक्षीय सहकार्यलगायतका क्षेत्रमा दुई देशबीच सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको थियो।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan