Thursday 22nd of October | २०८३ कार्तिक ६ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लेगोसमा नेपालीहरूले मनाए दशैं

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ६ बिहीबार |
newsabhiyan


लेगोस, नाइजेरिया।

नेपालीहरूको प्रमुख चाड बडादशैं नेपालमा मात्र नभई विश्वभर छरिएर रहेका नेपाली समुदायले पनि हर्षोल्लासका साथ मनाएका छन्। यसै क्रममा अफ्रिकाका विभिन्न सहरमा रहेका नेपालीहरूले पनि  आआफ्नो बसोबास गरेको शहरमा एकै ठाउँमा भेला भएर दशैं मनाएका छन्।

नाइजेरियाको लेगोसमा बसोबास गर्ने नेपालीहरूले पनि आज विजयादशमीका अवसरमा टीका र जमरा लगाएर दशैं मनाएका छन्। उक्त अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरियाका पूर्वअध्यक्ष सञ्जीव क्षेत्रीले उपस्थित नेपालीहरूलाई टीका र जमरा लगाइदिँदै दशैंको शुभकामना आदानप्रदान गरेका थिए।

विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई निरन्तरता दिने उद्देश्यले नेपालीहरू भेला भई दशैं मनाएका हुन्। प्रवासमा मनाइने यस्ता चाडपर्वले नेपालीहरूबीच आपसी सद्भाव, भाइचारा र एकताको भावना थप बलियो बनाउनुका साथै नयाँ पुस्तामा नेपाली संस्कृति र परम्पराको हस्तान्तरणमा समेत योगदान पुर्‍याउँछन्।

परदेशमा रहे पनि आफ्नो देश, परिवार र संस्कृतिसँग जोडिइरहने नेपालीहरूको यस उत्सवले दशैंको सांस्कृतिक र सामाजिक महत्त्वलाई उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan