Monday 19th of October | २०८३ कार्तिक ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३ सोमबार | खार्तुम, २ कात्तिक (रासस/एएफपी):

दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको छ । 

    मृतकमध्ये घर फर्कनका लागि ट्रक चढ्ने प्रतीक्षामा रहेका यात्रुहरू धेरै रहेको एक चिकित्सक स्रोत र प्रत्यक्षदर्शीले सोमबार बताएका छन् ।

    प्रत्यक्षदर्शी अहमद अबाकर वादीका अनुसार, आइतबार साँझ पश्चिम कोर्डोफान राज्यको अल–दिबाब सहरमा उक्त आक्रमण भएको थियो । सञ्चार सेवा अवरुद्ध रहेकाले उहाँले स्याटेलाइट इन्टरनेटमार्फत एएफपीलाई घटनाबारे जानकारी दिनुभएको हो ।

    वादीले आक्रमणपछि ५० जनाको शव गाड्न सहयोग गरेको बताउनुभयो । मृतकमध्ये उहाँका आफ्नै भाइ मोहम्मद पनि थिए ।

    उहाँका अनुसार, आक्रमणमा घाइते भएका अन्य ४७ जनालाई नजिकैको अल–मुजलाद सहर लगिएको थियो । त्यहाँ उपचारका क्रममा उनीहरूमध्ये ३० जनाको मृत्यु भएको जानकारी एक चिकित्सक स्रोतले एएफपीलाई दिएको छ ।

    आक्रमणमा ठूलो सङ्ख्यामा मानिसको ज्यान गए पनि घटनाको जिम्मेवारी कसले लिएको हो भन्नेबारे तत्काल स्पष्ट जानकारी प्राप्त भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan