Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार |

काठमाडौं  :  मोरङ, विराटनगर महानगरपालिका-५ पुल्चोकस्थित सडकमा अनटेष्ट लेखिएको स्कुटर बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सप्तरी छिन्नामस्ता गाउँपालिका-३ सखडा बस्ने १८ वर्षीय मो. रिहानरेन मियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङहोम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनको सोही अस्पतालमा उपचार भइरहेको छ । उक्त स्कुटर अनियन्त्रित भई बाटोको बिचमा रहेको डिभाइडरमा ठक्कर खाई पुन: प्रदेश १-०२-००१ क ३७८२ नम्बरको बसमा समेत ठक्कर खाई दुर्घटना भएको थियो । प्रहरीले हाल फरार बस चालकको खोजी गरिरहेको छ । 

दाङ, घोराही उपमहानगरपालिका-१५ बुद्द अस्पताल नजिक सडकमा रा.५ प ३७०५ नम्बरको मोटरसाइकललाई रा.६ प ६६७५ नम्बरको मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा रा.५ प ३७०५ नम्बरको मोटरसाइकल चालक सोही उपमहानगरपालिका-२ बस्ने ४० वर्षीय टोप बहादुर वलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका रा.६ प ६६७५ नम्बरको मोटरसाइकलमा सवार ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

उदयपुर, त्रियुगा नगरपालिका-७ कालीखोला सुर्केस्थित सडकमा काठमाडौंबाट धरानतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ८५२२ नम्बरको बस अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा बसमा सवार चौदण्डीगढी नगरपालिका-२ बसाहा बस्ने १८ वर्षीया सोनु बसेल र बसका सहचालक ओखलढुङ्गा लिखु गाउँपालिका-३ बस्ने ३२ वर्षीय धन बहादुर जोगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी सोनुको जिल्ला अस्पताल उदयपुरमा र धन बहादुरको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार १ जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीमा र अन्य १ जनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सुनसरी, धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित सडकमा प्र.१-०२-००२ ख ०९५९ नम्बरको ट्रकले प्र.१-०२-०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक धनकुटा, धनकुटा नगरपालिका-९ बेलहरा बस्ने ३६ वर्षीय दिपेन्द्र राज राईको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१२ रिलाईन्स अगाडि सडकमा एन एल ०१ एन ५१४९ नम्बरको ट्रक र प्रदेश २-०६१ प ३०७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सप्तरी घर भएका २१ वर्षीय महेश कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan