Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार | (रासस)

मुगु, २९ असोजः छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक समानता र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई जनही रु एक लाखका दरले कुल रु दुई लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।

    ‎छायाँनाथ रारा नगरपालिका दलित ऐन, २०८० अनुसार नगरपालिकामा आज औपचारिक कार्यक्रमको आयोजना गरी दुई जोडीलाई एक-एक लाखको चेक हस्तान्तरण गरी रकम उपलब्ध गराइएको हो । 

    ‎अन्तरजातीय विवाह गरी रु एक लाख सहयोग प्राप्त गर्नेमा छायाँनाथ रारा-१० झाकोट गाउँका विक्रमबहादुर नेपाली र पवित्रा चौलागाईं तथा वडा नं १३ थार्प गाउँका मानसिंह नेपाली र सरिता सेजुवाल रहेका नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिनुभयो ।

    उहाँले जातीय विभेद् र छुवाछूत अन्त्य गरी सबै नागरिकले समान अधिकार र सम्मानका साथ बाँच्न पाउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । ‎नगरप्रमुख भामका अनुसार अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने तथा सामाजिक समानता कायम गर्ने उद्देश्यले नगरपालिकाले आर्थिक सहयोगको व्यवस्था गरि कार्यान्वयन गरेको हो ।

    ‎उपप्रमुख ऐश्वर्य मल्लले समाजमा विद्यमान जातीय विभेद हटाउन सबैको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउँदै अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्नाका साथै समतामूलक र विभेदमुक्त समाज निर्माणमा यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    नगरपालिकाको यस पहलले अन्तरजातीय विवाह गर्ने जोडीलाई आर्थिक प्रोत्साहन मिल्नुका साथै सामाजिक सद्भाव अभिवृद्धि र जातीय विभेद न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छायांनाथ रारा नगरपालिकाले जनाएको छ । ऐन निर्माणसँगै छायांनाथ रारा नगरपालिकाले हालसम्म चार जोडीलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan